मनाङको नासों गाउँपालिका–१, तालडाँडाको पहिरो हटाएसँगै बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ।
लमजुङ– पहिरोका कारण अवरुद्ध मनाङ र लमजुङ जोड्ने बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ। मनाङको नासों गाउँपालिका–१ तालडाँडामा पहिरो हटाएसँगै उक्त सडक पुनः सञ्चालनमा आएको हो।
डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने, “केही दिनअघिको वर्षाका कारण जमिन गलेर पहिरो आएको थियो। ढुंगामाटो हटाएर सडक पुनः सञ्चालनमा ल्याएका छौँ।” सञ्चालनमा आए पनि उक्त सडकखण्डमा यात्रा जोमिखपूर्ण बन्दै गएको छ। जीर्ण सडकमा दैनिकजसो ठाउँठाउँमा पहिरो जाने क्रम रोकिएको छैन।
कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार मनाङलाई सडक सञ्जालसित जोड्न २०५१ सालमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले सडक निमार्ण थालेको थियो। बीचमा निर्माणको काम रोकिएको थियो। विसं २०५७ देखि सेनाले सडक निर्माणको जिम्मा पाएको थियो।
सेनाको कार्यगणले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो। झन्डै ६५ किमी दूरी रहेको उक्त सडकमध्ये ३५ किमी लमजुङतर्फ र ३० किमी मनाङतर्फ पर्दछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
