युक्रेनको गृह मन्त्रालयले उत्तरी शहर चेर्निहिभको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट पाँच सर्वसाधारणको मृत्यु भएको जनाएको छ।
युक्रेनमा रुसी क्षेप्यास्त्र प्रहारबाट पाँच जनाको मृत्यु हुनुका साथै ३७ जना घाइते भएका छन्। युक्रेनी गृह मन्त्रालयले उत्तरी शहर चेर्निहिभको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहार भएको जनाएको छ।
बीबीसीका अनुसार घाइते हुनेमा ११ जना बालबालिका पनि रहेका छन्। एउटा मुख्य चोक, विश्वविद्यालय भवन र एउटा थिएटरमा क्षति पुगेको बताइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा छोटो भिडियो पोस्ट गरेका छन् जसमा पार्किङमा राखिएका कारहरूमा ठूलो क्षति पुगेको देखाइएको छ।
चेर्निहिभ बेलारुसको सीमानजिक छ। आक्रमणको शुरूआतमा चेर्निहिभलाई रूसले कब्जा लिएको थियो। युक्रेनी सेनाले पछि चेर्निहिभलाई फिर्ता लिएका थिए।
“एउटा रुसी क्षेप्यास्त्रले चेर्निहिभ शहरको मध्य भागमा प्रहार गरेको थियो। जसका कारण एउटा स्क्वायर, पोलिटेक्निक युनिभर्सिटी, थिएटरमा क्षति पुगेको छ,” राष्ट्रपति जेलेन्स्कीले टेलिग्राममा लेखेका छन्। “रुसले सामान्य शनिबारको दिनलाई विध्वंसको दिनमा परिणत गर्यो। त्यहाँ सर्वसाधारणको मृत्यु भएको, केही घाइते छन्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
