एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको टिप्पणी गरेका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई नेपालका कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति बीभत्स, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताएका हुन्।
महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको सुनाए।
“जतिखेर मिलिन्छ, त्यतिखेर चाहिँ यो (माओवादी सशस्त्र विद्रोह) महान् कुरा थियो भन्ने। जतिखेर मिलिँदैन, त्यतिखेर चाहिँ यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु मचाहिँ। यो चेतना डरलाग्दो कुरा छ।,” उनले भने। उनले ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
महासचिव भुसालले नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध बिस्तार गरेको उल्लेख त्यसलाई टुट्न नदिन फेरि नयाँ संकल्पसहितको क्रान्ति आवश्यक रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
