संयुक्त राष्ट्रसंघले युक्रेनको चेर्निहिभ शहरको केन्द्रमा शनिबार भएको रुसी क्षेप्यास्त्र प्रहारलाई ‘जघन्य’ आक्रमण भन्दै निन्दा गरेको छ।
युक्रेनका लागि संयुक्त राष्ट्रसंघीय मानवीय समन्वयकर्ताले चेर्निहिभ शहरको केन्द्रमा शनिबार भएको रुसी क्षेप्यास्त्र प्रहारलाई ‘जघन्य’ भन्दै आक्रमणको निन्दा गरेका छन्।
आक्रमणमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने १०० भन्दा बढी घाइते भएको जनाइएको छ। शनिबार बिहान चेर्निहिभको केन्द्रमा रहेको थिएटरमा आक्रमण भएको थियो।
युक्रेनका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक डेनिस ब्राउनले एक अनलाइन वक्तव्यमा भनेका छन्, “एउटा ठूलो शहरको मुख्य चोकमा आक्रमण गर्नु ‘जघन्य’ अपराध हो, किनकि केही मानिसहरू बिहान हिँडडुल गरिरहेका हुन्छन् भने धेरै युक्रेनीहरू यो समयमा प्रार्थनाका लागि चर्चमा जान्छन्।”
उनले अगाडि भनेका छन्, “युक्रेनको जनघनत्व भएको क्षेत्रमा रुसी आक्रमणको बारम्बारको प्रवृत्तिको म भर्त्सना गर्दछु। यसले मृत्यु, व्यापक विनाश र बढ्दो मानवीय सहयोगका लागि आश्रित हुने कुरालाई बढवा दिन्छ।”
उनले थपे, “अन्तर्राष्ट्रिय मानवीय कानुनले बस्ती वा नागरिकमाथि हुने आक्रमणलाई कडाइका साथ निषेध गरेको छ। यो बन्द हुनैपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
