औषधि लिनुअघि स्वास्थ्यकर्मीसँग बिरामीले औषधि सेवन गर्ने तरिका, मात्रा र समय तालिकाजस्ता कुरा राम्रोसँग बुझ्नुपर्ने चिकित्सकहरू बताउँछन्।
देशभर डेंगीको संक्रमण बढेसँगै सिटामोलको अभाव भइरहेको छ। उत्पादनभन्दा माग बढी भएकाले अहिले देशभर सिटामोलको अभाव देखिएको हो। बिरामीलाई मेडिकलले सिटामोल अभाव रहेको भन्दै फर्काउने गरेका छन्।
यस्तो अवस्थामा बिरामीले ज्वरो तथा दुखाइ कम गर्न आफूखुसी औषधि लिने गर्छन्। यसरी आफूखुसी औषधि प्रयोग गर्दा स्वास्थ्यमा असर पर्ने चिकित्सकहरू बताउँछन्। स्वास्थ्य परीक्षण गरेर मात्र औषधिको प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ। स्वास्थ्य मन्त्रालयका अनुसार औषधि लिँदा बिरामीले र दिँदा स्वास्थ्यकर्मीले यी कुरामा ध्यान दिनुपर्छ।
बिरामीले औषधि लिनुअघि
-आफ्नो औषधिबारे थाहा पाउनुहोस्।
-औषधि सेवन गर्ने तरिका, मात्रा र समय तालिकाजस्ता कुरा राम्रोसँग बुझ्नुहोस्।
-कुनै कुरामा द्विविधा भए तत्काल सोध्नुहोस्।
-चिकित्सकको सल्लाहअनुसार मात्र औषधिको सेवन गर्नुहोस्।
स्वास्थ्यकर्मीले बिरामीलाई औषधि दिनुअघि
-आफूले बिरामीलाई दिने औषधिको बारेमा विस्तृत रूपमा थापा पाउनुहोस्।
-सो औषधि सेवन गर्न किन जरुरी छ भनेर बिरामीलाई बुझाउनुहोस्।
-बिरामीले सही औषधि, मात्रा, तरिका र समयमा प्रयोग गर्नेबारे बुझ्नु भएको वा नभएको एकिन गर्नुहोस्।
-औषधिको सम्भावित 'साइट इफेक्ट'बारे बिरामीलाई सूचित गर्नुहोस्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
