अल्मेरियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल तेस्रो मिनेटमा नै पछि परेको थियो। सर्जियो अरिबासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
काठमाडौँ– रियल मड्रिडले स्पेनिस ला लिगामा अल्मेरियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ।
अल्मेरियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल शुरूआतमा नै पछि परेको थियो। खेलको तेस्रो मिनेटमा सर्जियो अरिबासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
१९औँ मिनेटमा बेलिङ्हमले रियलका लागि बराबरी गोल फर्काए। ६०औँ मिनेटमा बेलिङहमले नै गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। भिनिसियस जुनियरले ७३औँ तेस्रो गोल गरेपछि रियल ३–१ ले विजयी भयो।
यससँगै रियल ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। दुवै खेल हारेको अल्मेरिया भने पुछारमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
