लिग्स कपको उपाधि इन्टर मियामीलाई

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

काठमाडौँ– लिओनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियमीले लिग्स कप २०२३ को उपाधि जितेको छ।

आइतबार बिहान भएको फाइनलमा नाशभिल एफसीलाई पराजित गर्दै मियमी इतिहासमै पहिलो पटक च्याम्पियन बनेको हो। 

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा मियामी १०–९ ले विजयी भयो।

खेलको २३औँ मिनेटमा मेस्सीले गोल गर्दै मियमीलाई अग्रता दिलाएका थिए। नाशभिलका फाफा पिकाल्टले ५७औँ मिनेटमा बराबरी गोल फर्काए। 

त्यसपछि निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। मियामीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए।