कुनै समय रिलमा गीत रेकर्ड गरेर क्यासेट बिक्री गरिन्थ्यो। अहिले ती क्यासेट र क्यासेट प्लेयर दुर्लभ छन्। यसरी रेकर्ड गरिएका गीतसंगीत हराउन नदिन नेपाल म्युजिक आर्काइभले डिजिटल संग्रहालय तयार गरिरहेको छ।
काठमाडौँ- नेपाल म्युजिक आर्काइभ। यो नामले नै जनाउँछ, यहाँ गीतसंगीत संग्रहित छ। तर कुनै संग्रहालयमा गएर अवलोकन गरेजस्तो गीतसंगीतलाई अवलोकन गर्न सकिँदैन। त्यसैले पुरानो जमानाका संगीतलाई नयाँ पुस्ताका लागि सुरक्षित गरेर राख्नु चुनौतीपूर्ण छ। यसको प्रमुख कारण हो पुराना गीतसंगीत रेकर्ड गर्ने र बजाउने प्रविधि हराउँदै जानु।
कुनै समय रिलमा गीत रेकर्ड गरेर क्यासेट बिक्री वितरण हुन्थ्यो। तिनलाई क्यासेट प्लेयरबाट बजाइन्थ्यो। अहिले न क्यासेटबाट गीत वितरण हुन्छ, न त प्लेयर नै बजारमा किन्न पाइन्छ।
ती पुराना गीतलाई सुरक्षित राख्ने काम गरिरहेको छ नेपाल म्युजिक आर्काइभले। स्थानीय संगीतलाई उजागर र पुनर्जीवित गर्ने उद्देश्यले नेपाल म्युजिक आर्काइभको स्थापना गरिएको अभिलेख व्यवस्थापक/अनुसन्धानकर्ता जीवन थापा मगर बताउँछन्।

सन् २०१७ मा काठमाडौँ उपत्यकामा केही संगीतकारहरूले ‘इकोज इन द भ्याली’ महोत्सवको आयोजना गरेका थिए। त्यस क्रममा केही स्थानीय संगीतको 'अडियो' संकलन भएको थियो। त्यही महोत्सवमा संगीतकारहरूले बजाएका संगीतलाई आर्काइभ गर्न नेपाल म्युजिक आर्काइभको स्थापना भएको थियो।
अहिले यसले स्थानीय संगीतलाई उजागर गर्ने काम गरिरहेको मगरको भनाइ छ। नेपाल म्युजिक आर्काइभले पुराना प्रविधिमा राखिएका गीतसंगीतलाई डिजिटल प्रविधिमा परिवर्तन गरेर राख्ने गरेको छ। यसो गर्दा अहिले चलेका प्रविधिबाट पनि पुराना गीतसंगीत बजाउन सकिन्छ।

तर संगीतको आर्काइभ सजिलो नभएको मगर बताउँछन्। पाँच वर्षको मिहिनेतबाट बल्ल योजना कार्यान्वयन भएको र अझै पनि आर्काइभलाई प्राप्त क्यासेट तथा अन्य सामग्री डिजिटल प्रविधिमा राख्न नभ्याइएको उनको भनाइ छ।
नेपाल म्युजिक आर्काइभले गीतसंगीतबाहेक एल्बमका कभर, तस्वीर, भिडियो फुटेज र अन्य प्रकाशनहरू पनि सुरक्षित गर्ने गरेको छ। मगरका अनुसार आर्काइभमा अहिलेसम्म चार हजार ३८५ घण्टाको अडियो र ५० घन्टाको भिडियो सुरक्षित छ। त्यस्तै, दुई हजार ६ वटा एल्बम कभर, एक हजार ६६५ तस्वीर र दुई हजार ५५४ प्रकाशनहरू पनि संग्रह गरिएको छ। यी सबै सामग्री डिजिटल स्वरुपमा राखिएका छन्।
थप कथा भिडियोमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
