आइतबारका लागि तय प्रतिनिधिसभाको बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको आइतबारका लागि डाकिएको बैठक स्थगित भएको छ। आइतबार मध्यान्ह १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो।
संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका प्रमुख सचेतक र सचेतकसँग छलफल गएको भए पनि निष्कर्ष निस्किन नसकेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो। संसद् सचिवालयले सूचना टाँसेर मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ।
प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण साउन १० गतेदेखि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ। त्यसपछिका तीन वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए। केही बैठक भने एमालेको नाराबाजीका कारण स्थगित भएका थिए। त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेका सांसदहरूले विरोध जनाएपछि संसद् अवरुद्ध हुँदै आएको छ।
संसद् बैठक सुचारु गराउने विषयमा सभामुख घिमिरेले आइतबार गरेको प्रमुख सचेतकहरूसँग छलफलमा पनि प्रमुख प्रतिपक्षी दल एमाले उच्चस्तरीय छानबिन समितिको मागमा अडिक भएपछि सहमति जुट्न सकेन।
बैठकपछि सभामुख घिमिरेले उच्च स्तरीय छानबिन समितिको अडानका कारण संसदको अवरोध खुलाउने विषय अड्किने गरेको बताए। संसद्को अवरोध खुलाउन राजनीतिक दलहरूबीच सहमतिबाहेकको विकल्प नरहेको उनले बताए।
दलहरूको बीचमा समझदारीको वातावरण बन्न सके संसद् अवरोध हट्ने उनको भनाइ छ। “समस्याको समाधान गर्न दलहरूले वातावरण बनाउनु पर्छ, निकास दिनुपर्छ,” उनले भने।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
