आइतबार २९ कम्पनीको शेयर मूल्य बढ्दा १९० कम्पनीको घट्यो

आइतबार सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १७२.७३ र जीवन बीमा समूहको उपसूचक १३४.९० अंकले घटेको छ।

 

काठमाडौँ– यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २१.९९ अंकको गिरावट देखिएको छ। आइतबारको कारोबारपछि नेप्से परिसूचक २०११.१४ बिन्दुमा कायम भएको हो।

विभिन्न कम्पनीका २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता शेयर ४३ हजार ३४६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ७४ लाख आठ हजार ९४२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आइतबार सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १७२.७३ र जीवन बीमा समूहको उपसूचक १३४.९० अंकले घटेको छ। बैंकिङ समूह ३.६०, विकास बैंक ३५.६०, वित्त ११.०६, होटल तथा पर्यटन १०६.२६ र जलविद्युत् ५०.११ अंकले घटेको छ।

त्यसैगरी, लगानी समूह ०.६९, उत्पादन तथा प्रशोधन ८८.५४, लघुवित्त ३२.२३, म्युचुअल फन्ड ०.०४, व्यापार ३६.६० र अन्य समूह २३.५७ अंकले घटेको छ।

आइतबारको कारोबारमा २९ कम्पनीको शेयर मूल्य बढ्दा १९० कम्पनीको शेयर मूल्य घटेको छ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ४.५७ अंकले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर-२०८३ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड ६३ लाख एक हजार ७० बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको एक लाख ४९ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ।