नेपाली भान्सामा प्रयोग हुने प्याज ठूला परिमाणमा भारतबाट भित्रिने गरेको छ। नेपालले गत आर्थिक वर्ष ६ अर्ब ७५ करोड ९ लाख मूल्य बराबरको प्याज आयत गरेको भन्सार विभागको तथ्यांक छ।
काठमाडौँ– भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएको छ। भारतको अर्थ मन्त्रालयले शनिबार सूचना जारी गर्दै आन्तरिक बजारमा ब्याजको मूल्यवृद्धि रोक्न र आपूर्ति सहज बनाउन निर्यातमा ४० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरिएको जनाएको हो। यो निर्णय आगामी डिसेम्बर ३१ सम्मका लागि जारी रहने छ।
बढ्दो मूल्यवृद्धिबाट सर्वसाधारणलाई राहत दिन सरकारले यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। समाचारमा जनाइएअनुसार उत्पादनमा गिरावट आएपछि ११ अगस्टबाट भण्डारण राखिएको ब्याज निकाल्न शुरू गरेको थियो।
भारतले आर्थिक वर्ष २०२३/२४ का लागि ३ लाख टन प्याज मौज्दातमा राखेको थियो। त्यसअघिको आर्थिक वर्ष २०२२/२३ मा सरकारले २.५१ लाख टन प्याज स्टकमा राखेको थियो। उत्पादन कम भएको बेला मूल्य बढ्ने हुँदा मूल्य स्थिरीकरणका लागि हरेक वर्ष मौज्दात राख्ने गर्छ।
त्यहाँका सञ्चारमाध्यमका अनुसार शनिबार भारतमा ब्याजको खुद्रा मूल्य औसत ३० भारतीय रुपैयाँ हाराहारी छ। बढीमा ६३ भारतीय रुपैयाँसम्म रहेको छ। विश्वको प्रमुख निर्यातकर्ता मुलुक भारतको यो निर्णयले स्थानीय बजारमा प्याजको मूल्य घटे पनि एशियाली मुलुकहरूमा मूल्य बढ्न सक्ने समाचार संस्था रोयर्टसले उल्लेख गरेको छ। नेपालसहित बंगलादेश, मलेसिया, यूएई, श्रीलंकालगायतका मुलुक भारतीय प्याजमा निर्भर छन्।
सन् २०२३ को पहिलो ६ महिनामा मात्रै प्याजको निर्यात ६३ प्रतिशतले वृद्धि भएको छ। जसका कारण त्यहाँ मूल्य बढ्न पुगेको हो। भारतमा पछिल्लो एक महिनाको अवधिमा मात्रै प्रमुख बजारहरूमा औसत थोक मूल्यमा करिब २० प्रतिशतले मूल्यवृद्धि भइसकेको छ।
नेपाली भान्सामा प्रयोग हुने प्याज ठूला परिमाणमा भारतबाट भित्रिने गरेको छ। नेपालले गत आर्थिक वर्ष ६ अर्ब ७५ करोड ९ लाख मूल्य बराबरको प्याज आयत गरेको भन्सार विभागको तथ्यांक छ।
कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार प्याजको थोक मूल्य ६१ रुपैयाँ छ भने खुद्रामा प्रतिकिलो ८० रुपैयाँ हाराहारीमा खरिद भइरहेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ। जसका कारण नेपालमा पनि प्याज महँगिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
