रुसी सरकारी अन्तरिक्ष निकाय रोसकाेसमाेसकाअनुसार शनिबार झन्डै तीन बजे यानसँग सम्पर्कविच्छेद भएको थियो।
रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने लक्षसहित पठाएको मानवरहित अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ। लुना-२५ अन्तरिक्षयानले आफ्नो नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रुसी सरकारी अन्तरिक्ष निकाय रोसकाेसमाेसकाअनुसार शनिबार झन्डै तीन बजे यानसँग सम्पर्कविच्छेद भएको थियो। चन्द्रमाको कक्षमा पुगेपछि यानमा समस्या निम्तिँदा त्योसँगको सम्पर्कविच्छेद भएको रोसकाेसमाेसले जनाएको छ। गएकाे अगस्ट १० मा प्रक्षेपण गरिएकाे उक्त यानको अवतरण भाेलि सोमवारका लागि तय गरिएको थियो।
लुना-२५ रुसको ४७ वर्षपछिकाे अन्तरिक्ष अभियान थियाे। यसअघि रुसले लुना-२४ मार्फत सन् १९७६ मा चन्द्रमामा अवतरण गरेको थियो। तर लुना-२५ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने लक्ष राखिएको थियो। जहाँ बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन्।
चन्द्रमाको सतहमा भने अमेरिका र चीनका यानले पनि यसअघि नै अवतरण गरिसकेका छन्। अहिलेसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा पुग्न भारत र रुस प्रतिस्पर्धा गरिरहेका छन्। भारतले पठाएको चन्द्रयान-३ नामक अन्तरिक्षयान आउँदो बुधबार चन्द्रमाकाे दक्षिणी ध्रुवमा अवतरण हुने लक्ष राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
