आइतबार सम्पन्न यू–२० रग्बी सेभेन्समा पुरुषतर्फ हङकङले र महिलातर्फ थाइल्यान्डले उपाधि जितेका छन्।
काठमाडौँ– हङकङ र थाइल्यान्डले नेपालमा भएको एशिया यू–२० रग्बी सेभेन्सको उपाधि जितेका छन्। एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आइतबार सम्पन्न यू–२० रग्बी सेभेन्समा पुरुषतर्फ हङकङले र महिलातर्फ थाइल्यान्डले उपाधि जितेका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्फ सम्पन्न डबल राउन्ड रोविन लिगमा स्कोरअन्तरको आधारमा हङकङलाई पछि पार्दै थाइल्यान्डले उपाधि जितेको हो। चार राष्ट्र सहभागी लिगमा हङकङ र थाइल्यान्डले समान १६ अंक प्राप्त गरेको थियो। तर, १३ स्कोरअन्तरमा हङकङलाई पछि पार्दै थाइल्यान्ड च्याम्पियन भयो।
यी दुईबीच पहिलो लेगमा हङकङले १२–७ ले जित्दा दोस्रो लेगमा थाइल्यान्डले १९–१२ ले बदला लिन सफल भयो। लिगकै अन्तिम खेलमा हङकङले मलेसियामाथि ५०–७ को जित रचे पनि उपाधिका लागि पर्याप्त भएनन् र थाइल्यान्डले विजयी उत्सव मनायो। मलेसिया तेस्रो हुँदा नेपाल पुछारमा रह्यो।
पुरुषतर्फ फाइनलमा भने हङकङले मलेसियामाथि १९–१४ को जित निकाल्दै उपाधि उचाल्यो। अन्तिम ३० सेकेन्ड बाँकी छँदा दुवै टोली १४–१४ अवस्थामा थिए। तर, हङकङले अन्तिम समयमा ट्राई गर्दै जित दर्ता गर्न सफल भयो।
शनिबार नै भएको पाँचौँ स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ ले हार बेहोर्यो। अन्तिम २० सेकेन्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोरेको हो। प्रतियोगिताको विजेताद्वय हङकङ र थाइल्यान्डलाई एसिया रग्बीका अध्यक्ष कायस अल धलाईले ट्रफी हस्तान्तरण गरेका थिए।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव एवं एशिया रग्बीका कार्यकारी सदस्य टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले खेलाडीलाई पदक हस्तान्तरण गरेका थिए।
दुईदिने प्रतियोगितामा पुरुषमा सात टोलीबीच लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा भएको थियो। महिलामा भने चार टोलीबीच डबल लिगमा प्रतियोगिता भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
