कार्यवाहक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको र त्यो वर्षाैंदेखिको फर्स्योट हुन नसकेको बताएका छन्।
काठमाडौँ– नेपालमा ६० वर्षअघि देखिको बजेटको बेरुजु फर्स्योट हुन बाँकी रहेको खुलासा भएको छ। कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम शुरू गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फर्स्योट बाँकी रहेको बताएका हुन्।
आइतबार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्तरिक लेखा परीक्षणमा सबै बेरुजु फर्स्योट हुनुपर्नेमा वर्षौंदेखि नहुनु मुलुकका निम्ति भयावह अवस्था भएको स्मरण गराए।
कार्यवाहक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको उल्लेख गर्दै त्यो वर्षाैंदेखिको फर्स्योट हुन नसकेको बताए। “कारबाही गरेर टुंगो लगाउनुपर्ने बेरुजु नौ खर्ब छ। झन्डै ६०/७० पर्सेन्ट बेरुजु छ। र, त्यो बेरुजुमा हेर्यो भने २०२० सालदेखिको पनि बाँकी नै छ,” उनले भने। जिम्मेवार निकायको गैरजिम्मेवारपूर्ण गतिविधिका कारण मुलुकमा बेरुजुको अवस्था भयावह बन्दै गएको पनि बताए।
आन्तरिक लेखा परीक्षणको कार्यान्वयन अन्तिम लेखा परीक्षण हुनुभन्दा अगाडि नै सबै राफसाफ गरिसक्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाइ छ। “कैफियत ३५ दिनभित्र सम्पूर्ण राफसाफ गरेर पेश गर्नु भनेर हामीले आर्थिक कार्यविधि ऐनअनुसार दिन्छौँ। आन्तरिक लेखा परीक्षणमा पहिलो अवसर पायो। दोस्रो, अन्तिम लेखा परीक्षण गर्नुअघि मौका थियो। त्यसपछि नै ३५ दिनभित्र बेरुजु फर्स्यौट गरिसक्ने अवसर छ। यति गर्दा पनि फर्स्यौट गर्दैनन्।”
कार्यवाहक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयमा अडिट गर्ने जनशक्तिको अभाव रहेको गुनासो गरे। देशभरका कार्यालयहरूको अर्डिट गर्नका लागि करिब चार सय जति मात्रै जनशक्ति रहेकाले आफूहरूले रिस्क बेसिस अर्डिटको काम मात्रै गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
