न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्याे।
काठमाडाैँ– यूएईसँगको तेस्रो टी–२० क्रिकेट न्युजिल्यान्डले जितेको छ। गएराति दुबईमा भएको खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो।
न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्याे। यूएईका लागि आयन अफजल खानले सबैभन्दा धेरै ४२ रन बनाए। यस्तै, बसिल ममिदले २४ र आर्यनश शर्माले १६ रन बनाए।
न्युजिल्यान्डका बेन लिस्टरले ३ तथा केल जमिसन, मिचेल साट्नर र आदित्य अशोकले एक/एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो।
याे जितसँगै न्युजिल्यान्डले शृङ्खला जितेको छ। शृङ्खलाकाे हिजाे भएकाे दोस्रो टी–२० खेलमा यूएईले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियाे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
