नागपाेखरी र नागदहमा भक्तजनकाे भिड (तस्वीरहरू)

नागपञ्चमीका अवसरमा सोमवार काठमाडौँ उपत्यकाका विभिन्न मन्दिर तथा कुण्डमा पूजाअर्चनाका लागि भक्तजनहरू पुगेका छन्।

काठमाडाैँ– आज नागपञ्चमी। परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइने याे पर्वका दिन आज देशभरका नाग मन्दिर तथा पाेखरीहरूमा भक्तजनकाे भिड लागेकाे छ। सोमवार काठमाडौँ उपत्यकाका विभिन्न मन्दिर तथा कुण्डमा पूजाअर्चनाका लागि भक्तजनहरू पुगेका छन्। काठमाडाैँकाे नक्सालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरुको भिड लागेको छ। 

नक्सालस्थित नागपाेखरी

यस्तै, भक्तपुर र ललितपुरका विभिन्न पाेखरी तथा नाग मन्दिरहरू पनि भक्तजनले भरिएका छन्। ललितपुरकाे धापाखेल नागदहमा भक्तजनको घुइँचो लागेको छ। 

धापाखेल नागदह

भक्तपुरस्थित नाग पोखरीमा पनि भक्तजनहरूकाे भिडभाड छ। डुंगामा चढेर  भक्तजनहरू पूजाअर्चनाका लागि पाेखरीकाे बीचमा रहेकाे नागकाे मूर्तिकाे पूजा गर्न पुगेका छन् ।

भक्तपुरकाे नागपाेखरी