साउन २८ गतेकाे बाढीले पुरिएपछि झन्डै एकहप्ता लगाएर सफा गरिएका घरहरुमा फेरि लेदाेसहितकाे बाढी पसेकाे छ।
काठमाडाैँ– मुस्ताङकाे कागबेनीमा आइतबार राति फेरि बाढी पसेकाे छ। गएकाे साउन २८ मा आएकाे बाढीले बितन्डा मच्चाएकाे कागबेनीमा हिजाे राति ९ बजेतिर फेरि बाढी पसेकाे मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले बताए।
उनकाअनुसार कागबेनीभन्दा माथि रहेकाे ताङ्बे खाेलामा आएकाे बाढी कागबेनीमा पसेकाे हाे। पहिलेकाे बाढीले पुरिएपछि झन्डै एकहप्ता लगाएर सफा गरिएका घरहरुमा फेरि लेदाेसहितकाे बाढी पसेकाे उनले बताए। यस्तै, बाढीले कालीगण्डकी करिडाेरकाे १० मिटर जति लामाे कलभर्ट पनि बगाएकाे छ। मानवीय क्षति भने नगरेकाे उनकाे भनाइ छ।
"अघिल्लाे बाढीमा खाेलाले आफ्नाे रुप लिइसकेकाले यसपटक भाैतिक क्षति खासै भएकाे छैन। तर सफा गरिसकेका घरहरुमा फेरि लेदाे पसेकाे छ," उनले उकालाेलाई बताए।
उनकाअनुसार केही ठाउँमा किसानकाे खेतीबाली नष्ट गरेकाे भन्ने खबर आए पनि के कति नष्ट गरेकाे हाे भन्ने यकिन क्षति थाहा हुन सकेकाे छैन। जिल्ला प्रशासनकाे टाेली बाढी प्रभावित क्षेत्रतर्फ गइरहेकाे उनले बताए।
गएकाे साउन २८ गतेकाे बाढीले कागबेनीका ३१ घर बगाएकाे थियाे भने पुरै बस्तीमा लेदाे पसेकाे थियाे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
