कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको आठ करोड दुई लाख ४७ हजार २३४ मूल्यमा कारोबार भयो।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.९३ अंकले ओरालो लागेर १९९८.२८ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५० अंकले ओरालो लागेर ३८२.६२ मा सीमित भएको छ। कुल ४१ लाख ६३ हजार ८७२ कित्ता शेयर एक अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँ मूल्यमा कारोबार भएको छ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको आठ करोड दुई लाख ४७ हजार २३४ मूल्यमा कारोबार भयो। यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पाँच करोड ८३ लाख ७७ हजार २८८, सोल्टी होटल पाँच करोड ७८ लाख ६१ हजार ९५०, घोराही सिमेन्ट पाँच करोड ६ लाख १२ हजार ४६१ र हिमालयन डिस्टिलरी चार करोड ४२ लाख ३५ हजार २०३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, लक्ष्मी लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामलिङ पावर कम्पनी ५.१८, सुपर मादी हाइड्रोपावर ३.८२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले २.९० प्रतिशतले कमाएका छन्।
यस्तै, मेछ्यान हाइड्रोपावर ७.९९, हिमालयन पावर पार्टनर ५.७७, कृषि विकास बैंकको ऋणपत्र ५.५९, भूगोल इनर्जी ५.१६ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
