एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष माधव नेपालले ‘एमालेबाट विद्रोह’ नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरूमाथि दमन र अत्याचार हुने बताएका थिए।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घटनाक्रमले नेकपा एमालेबाट ‘विद्रोह’ गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि गरेको बताएका छन्।
दुई दिनसम्म चलेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकको सोमबार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालीन एमालेबाट ‘विद्रोह’ गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ‘ब्रिफिङ’ गरेका हुन्। उनले आफूहरूले ‘विद्रोह’ नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद् समाप्त पारिसकेको हुने विश्लेषण बैठकमा सुनाएका थिए।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले एमालेबाट ‘विद्रोह’ नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरूमाथि दमन र अत्याचार हुने पनि बताएका थिए। पार्टी अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै प्रवक्ता खतिवडाले भने, “आजसम्मको घटनाक्रम र प्रवृत्तिलाई हेर्दा हाम्रो पार्टीले जे विद्रोह गर्यो त्यो बडो औचित्यपूर्ण भएको छ। आज पनि देशको संसद् र संविधानमाथि धावा बोल्ने कुरा भइरहेको छ। आज पनि अग्रगमनलाई जोगाउनको निम्ति हाम्रो महत्त्वपूर्ण भूमिका स्थापित भइरहेको छ भन्ने कुरा बताउनुभएको छ।”
त्यस्तै, अध्यक्ष नेपालले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिएको प्रवक्ता खतिवडाले जानकारी दिए। अध्यक्ष नेपालले बैठकमा एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरूलाई आग्रह गरेका थिए। “पार्टीले अबको दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने भन्ने कुरालाई उहाँले जोड दिनुभएको छ,” उनले भने।
प्रवक्ता खतिवडाले आगामी दिनमा पार्टी कसो गर्दा प्रभावकारी बन्न सक्छ भन्ने विषय नै सम्पूर्ण कार्यकर्ताहरूले ध्यानमा रहेको बताए। उनले माघमा पार्टी महाधिवेशनमा जाने बताउँदै महाधिवेशनमा जाँदा कस्ता विचारलाई लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा नै कार्यकर्ताहरूको धारणा सबैभन्दा बढी व्यक्त भएको बताए। “हाम्रो पार्टी अझ बढी सबल, समृद्ध र अझ बढी क्रान्तिकारी रूपान्तरणको पक्षमा देखिनुपर्छ भन्ने कुरा नै कार्यकर्ताहरूको मुख्य जोड रहेको छ,” उनले भने।
बैठकमा पोलिटब्युरो सदस्यहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए। मंगलबारदेखि चल्ने पार्टीको केन्द्रीय कमिटीको बैठकको पूर्वतयारीका रूपमा पोलिटब्युरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
