एमालेले यसपटक तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिरहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको छ।
काठमाडौँ– नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ। एमालेले यस पटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ।
तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिरहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनले बैठकको बेला नै कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा सोही ठाउँमा स्मारकको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको बताए।
“उक्त महाधिवेशनबाट पार्टीले निरंकुश राजतन्त्रको विरुद्ध कम्युनिस्ट एक भएर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय गरेको थियो। सोही महाधिवेशनले नै पुष्पलालले अगाडि सारेको संयुक्त आन्दोलनलाई महासचिवमा निर्वाचित भएपछि मदन भण्डारीको नेतृत्वमा कार्यान्वयन गरिएको थियो,” उनले भने, “महाधिवेशन भएको ऐतिहासिक ठाउँको महत्त्व दर्साउन यसपटक सिराहामा सचिवालय बैठक गर्ने निर्णय गरेको हौँ।”
तत्कालीन मालेको चौथो महाधिवेशन विसं २०४६ भदौ ९ देखि १४ गतेसम्म विष्णुपुरकट्टीमा भएको थियो। सोही महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए। महाधिवेशनको सम्झनामा ३४ वर्षपछि एमालेले सोही ठाउँमा पार्टीको सचिवालय बैठक राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
