टोपेखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका रकाण अवरुद्ध भएको छ। उक्त सडकखण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा सोमबार राति ८ बजेतिर पहिरो खसेको हो। सुक्खा पहिरो खसी दुईतर्फी सडक अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छार सडक सुचारु गराउने प्रयास भइरहेको छ। पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
सो सडकखण्डमा बर्सातको याममा पटकपटक पहिरो खस्ने गरेको छ। जसका कारण सो सडक भएर यात्रा गर्ने यात्रुलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
