नेपालमा भारतको उत्तर प्रदेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
काठमाडौँ– देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भने चट्याङसहित भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, राति देशभर सामान्य बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश र गण्डकीका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिण र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ।
साथै, नेपालमा भारतको उत्तर प्रदेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
