प्रिमियर लिग: आर्सनलद्वारा क्रिस्टल प्यालेस पराजित

जितसँगै आर्सनलको दुई खेलबाट छ अंक भएको छ। एक जित र एक हार बेहोरेको क्रिस्टल प्यालेसको तीन अंक छ।

काठमाडौँ– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा आर्सनल विजयी भएको छ। लगातार दोस्रो जित दर्ता गर्ने क्रममा आर्सनलले सोमबार राति क्रिस्टल प्यालेस लाई १–० ले पराजित गरेको छ।

लन्डनस्थित सेलहर्स्ट पार्क स्टेडियममा भएको खेलमा आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले गोल गरेका थिए। उनले खेलको ५४ औँ मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गर्दै टिमको जित सुनिश्चित गरे। 

जितसँगै आर्सनलको दुई खेलबाट छ अंक भएको छ। 

एक जित र एक हार बेहोरेको क्रिस्टल प्यालेसको तीन अंक छ।