एमाले अनुपस्थित बैठकमा राष्ट्रपतिले भने– मैले ‘एक्टिभिज्म’ देखाउन खोजेको होइन

संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको राष्ट्रपति पौडेलको भनाइ छ।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को जारी अवरोधले चिन्तित बनाएको बताउँदै आफूले ‘एक्टिभिज्म’ देखाउन नखोजेको बताएका छन्। 

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई मंगलबार बिहान शीतल निवासमा आमन्त्रण गरेका राष्ट्रपति पौडेलले लिखित धारणा राख्दै संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको उल्लेख गरेका छन्। 

राष्ट्रपति पौडेल सक्रिय हुन खोजेको भन्दै प्रमुख विपक्षी दल एमालेले बैठक बहिस्कार गरेको छ। त्यसतर्फ लक्षित गर्दै उनले भने, “यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो।”

एमाले बाहेकका दल सहभागी सर्वदलीय बैठक शीतल निवासमा जारी छ।