सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताएका छन्।
काठमाडौँ– सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको नेताहरूले बताएका छन्। मंगलबार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरूसम्मिलित कार्यदलले सुन तस्करीको अनुसन्धान गर्नेसम्बन्धी उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बोलाएको सर्वदलीय बैठकमा सरकार सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो। सोही जिम्मेवारीअनुसार आफूहरूले त्यसको मस्यौदा तयार पारेको र अब केही बेरपछि बस्ने सर्वदलीय बैठकमा पेश गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताए।
“हामीलाई दुई बजे आज राष्ट्रिय दलहरूको बैठक सम्माननीय प्रधानमन्त्रीजीले बोलाउनुभएको छ। त्यो बैठकमा हामीलाई त्यसको ड्राफ्ट कसरी बनाउने भनेरचाहिँ कुरा भएको थियो। हामीले त्यसलाई तयार गरेका छौँ। हामी त्यो बैठकमा प्रस्तुत गर्छौं। हामी तीन जना बसेर छलफल गरेर हामीलाई दिएको जिम्मेवारीअनुसार हामीले आफ्नो काम फत्ते गर्यौँ,” उनले भने।
प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको थियो। हिजो सोमबार बसेको बैठकमा भने सत्तापक्ष सो समिति बनाउन सहमत भएपछि दलहरूले त्यसको मस्यौदा तयार पार्न कार्यदल नै गठन गरेका थिए। अब बस्ने सर्वदलीय बैठकले सो मस्यौदामाथि छलफल गरी सो समितिको कार्यादेश र संरचना टुंगो लगाएपछि संसद् बैठक सुचारु हुने नेताहरूले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
