पहिरो पन्छ्याएर दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

चितवन– पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए।

चितवनको  ईच्छाकामना–६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो। पहिरो हटाएसँगै सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ।