नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले प्रतिगमनकारीविरुद्ध गठबन्धन गरेकाे बताएका छन्।
काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनकाे जित भए मात्रै संविधानको रक्षा हुने बताएका छन्।
शुक्रबार काठमाडौँ– १ का गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले गठबन्धनको जित आवश्यक रहेको बताएका हुन्। सिंह देश विकासका लागि सक्षम र अनुभवी नेता भएकाले काठमाडौं–१ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताए।
‘सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा दलहरुको प्रतिस्पर्धा हुन्छ। तर, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले प्रतिगमनकारीविरुद्ध हामी अग्रगमनकारी शक्तिको गठबन्धन हो”, उनले भने, “त्यसअर्थमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्तित्व हुनुहुन्छ। व्यक्तिगत रुपमा पनि उहाँ स्वच्छ हुनुहुन्छ। उहाँले जित्नुपर्छ ।”
संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न प्रकाशमानलगायत गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
