मंगलबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर संसद् सचिवालयले बुधबार ३ बजेसम्म स्थगित भएको जनाएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। मंगलबारका लागि बोलाइएको संसद् बैठक पनि बस्दै नबसी स्थगित भएको हो। संसद् सचिवालयले विशेष कारणले बैठक बस्न नसकेको सूचना निकालेर जानकारी दिँदै बैठक बुधबारसम्मका लागि सारेको छ।
“आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ः०० बजे बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधबार दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” संसद सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको विषयलाई लिएर विवाद हुँदा संसद् बैठक प्रभावित हुँदै आएको छ। साउन १० गते बसेको प्रतिनिधिसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थगित भएको थियो। त्यसपछिका बैठक पनि सूचना टाँसेर र कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएका थिए। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेका सांसदहरूले विरोध जनाएपछि संसद् अवरुद्ध हुँदै आएको हो।
सोमबार बसेको प्रमुख दलका शीर्ष नेताहरूबीचको बैठकले उच्चस्तीर छानबिन समितिको कार्यादेश निर्धारण गर्नका लागि मस्यौदा तयार गर्न कार्यदल गठन गरेको थियो। तीन सदस्यीय कार्यदलले मंगलबार प्रारम्भिक मस्यौदा तयार पारेको र शीर्ष नेताहरूसमक्ष पेश गर्ने जनाएको छ। यद्यपि, सोमबारको प्रमुख दलका शीर्ष नेताहरूको बैठकपछि नेताहरूले प्रतिनिधिसभाको बैठक सुचारु हुने प्रतिक्रिया दिएका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
