मंगलबार १८१ कम्पनीको शेयरमूल्य बढ्दा ४२ कम्पनीको घटेको छ। नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक हरियो देखिएको छ।
काठमाडौँ– यो सातामा कारोबारको शुरूआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अंकको वृद्धि देखिएको छ।
मंगलबार नेप्से परिसूचक १७.६९ अंकले बढेर २०१५.९८ विन्दुमा कायम भएको हो। विभिन्न २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता शेयर ३४ हजार ५०८ पटक खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँ बराबरको कारोबार भएको छ। १८१ कम्पनीको शेयरमूल्य बढ्दा ४२ कम्पनीको घटेको छ।
नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक पनि हरियो देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूह १२२.४९ र उत्पादन तथा प्रशोधन समूह ८३.९१ अंकले बढेका छन्। बैंकिङ ४.७६, विकास बैंक ४३.१०, वित्त ३७.५८, होटल तथा पर्यटन ७०.५८ र जलविद्युत् समूह ३४.३० अंकले बढेको छ।
त्यस्तै, लगानी समूह ०.५९, जीवन बीमा ५०.०५, लघुवित्त १६.५१, व्यापार १६.७२ र अन्य समूहको उपसूचक २१.७४ अंकले बढेको छ। कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ४.४२ प्रतिशतले गिरावट आएको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयर २८ करोड ५९ लाख १९ हजार ६०६ रुपैयाँ बराबरको दुई लाख ५३ हजार २६२ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
