एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले मंगलबार समय अभावका कारण सर्वदलीय बैठक बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए।
काठमाडौँ– संसद्को अवरोध खुलाउने विषयमा छलफल गर्न मंगलबार दिउँसो बस्ने भनिएको सर्वदलीय बैठक बुधबारसम्मका लागि सरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बोलाएको सर्वदलीय बैठकमा सरकार सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि तीन सदस्यीय कार्यदल बनेको थियो।
कार्यदलमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो। कार्यदलले मस्यौदा तयार पारेपछि त्यसमाथि छलफल गरेर निष्कर्षमा पुग्ने गरी मंगलबार बैठक बस्ने भनिएको थियो। तर समय अभाव भएको भन्दै सर्वदलीय बैठकको मिति बुधबारसम्मलाई सारिएको हो।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नका लागि आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेतासमेत रहेका नेम्वाङले मंगलबार समय अभावका कारण बैठक बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए।
“आज प्रधानमन्त्री र सभामुखज्यूबीच पनि टेलिफोन कुराकारी भयो। प्रधानन्यायाधीशको शपथलगायतका कारणले आजको संसद् बैठक र सर्वदलीय बैठक स्थगित गर्ने कुरा भएको हो,” उनले भने, “समय लिएरै छलफल गरौँ भन्ने भएर सर्वदलीय बैठक भोलिका लागि सारिएको छ।”
उनले बैठक बुधबार ११ बजे सिंहदरबारमा बस्ने बताए। उनले कार्यदल बैठकसमेत सकारात्मक रूपमा सकिएको बताए। कार्यदलले समिति गठनका लागि प्रारम्भिक मस्यौदा तयार पारिसकेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
