नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै चार राष्ट्रसम्मिलित क्रिकेट सिरिजमा विजयी शुरूआत गरेको छ।
काठमाडौँ– मलेसियामा जारी चार राष्ट्रसम्मिलित क्रिकेट सिरिजमा नेपालले विजयी शुरूआत गरेको छ। मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो।
हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालकी सम्झना खड्काले सर्वाधिक ३६ रन प्रहार गरिन्। उनले ५ चौका प्रहार गरिन्। उनी अविजित रहिन्। पूजा महतोले १६, कप्तान रूबिना क्षेत्रीले १० र इन्दु बर्माले ९ रन प्रहार गरिन्। सीता रानामगर ८ बलमा २ रनसहित अविजित रहिन्।
हङकङकी क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बिबिले १/१ विकेट लिइन्।
त्यसअघि वायुमास स्पोट्स एन्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको थियो।
हङकङकी कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन्। उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरिन्। यस्तै, डोरोथिया चान १६ रन बनाइन्।
नेपालकी सीता रानामगरले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर ५ विकेट लिइन्। इन्दु बर्माले २ विकेट लिइन्। कविता कुँवर, रूबिना क्षेत्री र पूजा महतोले १/१ विकेट लिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
