तलबसमेत नपाएर अलपत्र गरेका विवेकराज यादव, एकवाल जोल्हा, इजहार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशीकाे उद्धार गरिएकाे छ।
काठमाडौँ– वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ।
नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाएर दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ। धर्म ओभरसिज र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति नेपाल फर्काइएको हो।
उद्धार गरेर ल्याइएकामा विवेकराज यादव, एकवाल जोल्हा, इजहार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन्। सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स र नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल नगरेको धर्म ओभरसिजले जनाएको छ।
सातैजनालाई चाबहिलस्थित पासा होटलमा राखिएको छ। सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
