गृह मन्त्रालयले मातहतका निकायलाई खुला सिमानाकाबाट गैरकानूनी रूपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य उत्पादन नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
काठमाडौँ– सरकारले कुखुराको अवैध आयात रोक्न निर्देशन दिएको छ। भारतसँगको खुला सीमाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको अवैध आयातमा वृद्धि भएको जनगुनासोपछि गृह मन्त्रालय यस्तो निर्देशन दिएको हो।
भदौ ३ गते कुखुराको अवैध आयातका सम्बन्धमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरोकारवाला सरकारी र व्यवसायी निकायबिच बृहत् छलफल भएको थियो। उक्त छलफलबमोजिमको निष्कर्ष कार्यान्वयनका लागि मंगलबार शाखा अधिकृत अशोककुमार आचार्यले गृह मन्त्रालय नेतृत्वको आदेशअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयका नाममा पाँचबुँदे निर्णय जारी गरेका हुन्।
पाँचबुँदेको निर्णयको पहिलो नम्बरमा खुला सिमानाकाबाट गैरकानूनी रूपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य उत्पादनको नियन्त्रणको व्यवस्था मिलाउन भनिएको छ। दोस्रो नम्बरमा अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारीसाधनलाई प्रचलित कानूनबमोजिम आवश्यक कानूनी कारबाही गर्न, तेस्रो नम्बरमा सीमा नाकामा गस्ती निगरानी बढाउन निर्देशन दिइएको छ।
त्यस्तै, चौथो नम्बरमा सीमा क्षेत्रमा अवैध तथा मापदण्ड विपरीत खोलिएका कुखुरा फार्म, वधशाला ह्याचरी र कोल्ड स्टोरलाई हटाउन र पाँचौँ नम्बरमा भन्सार तथा क्वारेनटाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्न भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
