जबरजस्ती अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृहमा ल्याइएका रामेछापको मन्थली–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा शुरू भएको घटनाले सोमबार भयावह रूप लिएको थियो।
भक्तपुर– मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ।
सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका २२१ जना बन्दीमध्ये पक्राउ गर्न बाँकी १७ जनामध्ये मंगलबार रातिसम्म १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए।
जबरजस्ती अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृहमा ल्याइएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा शुरू भएको घटनाले सोमबार भयावह रूप लिएको थियो।
सोमबार दिउँसो घरेलु हतियार लिएर गेट भत्काएर बाहिर निस्किएका बन्दीले प्रहरीलाई लखेटेपछि प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै तीन राउन्ड गोली चलाएको थियो। घटनामा १९ सुरक्षाकर्मी र १० जना बन्दी गरी २९ जना घाइते भएका थिए। केही घाइते उपचारपश्चात् फर्किएको र बाँकीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुधार गृहबाट उपचारका लागि नागरिक अस्पताल पुर्याएपछि मृत्यु भएका बस्नेतको अझै शव परीक्षण भएको छैन। मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको एसपी केसीले जानकारी दिए। मृतकका परिवारसँग भएको छलफलमा बुधबार जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको उनले बताए। सुधार गृहभित्र भएको घटनाले उग्र रूप लिए पछि तीन दिनदेखि त्यहाँ रहेका बालबालिका त्रसित छन्।
छानबिन शुरू
यसैबीच, घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गठित छानबिन समितिले मंगलबारदेखि काम शुरू गरेको छ।
घटनाको अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य ल्याउन निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छानबिन समिति गठन गरिएको छ। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने र त्यसपछि मात्र सुधार गृह र घटनाको वास्तविकता बाहिर आउने उनले बताए।
त्यसैगरी बालबन्दीबाट सोमबार फरार हुने क्रममा सुधार गृह र युसेप नेपालमा भएको तोडफोडको यकिन क्षति विवरण संकलन गर्ने कार्य पनि भएको छ। बुधबार क्षतिको पूर्ण विवरण आउने एसपी केसीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
