काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, थप विवरण आउन बाँकी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ छहरा नजिकबाट त्रिशूलीमा खसेको वडाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिए। उनका अनुसार बसमा कति जना सवार थिए भन्ने खुलेको छैन। 

काठमाडौँ– काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी नजिकै त्रिशूलीमा खसेको छ। 

बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ छहरा नजिकबाट त्रिशूलीमा खसेको वडाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिए। उनका अनुसार बसमा कति जना सवार थिए भन्ने खुलेको छैन। 

“बस नदीमा खसेको छ। घाइतेलाई उद्धार गरेर अस्पताल पठाइरहेका छौँ। उद्धार गर्ने मान्छेको अभाव छ,” उनले भने, “बसमा कतिजना यात्रु थिए र कति क्षति भयो भन्नेबारे खुलेको छैन।” 

दुर्घटनास्थलमा सुरक्षाकर्मीको उद्धार टोली आइपुगेको वडाध्यक्ष भण्डारीले बताए।

केही स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएका छन्। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।