इटलीमा अत्यधिक गर्मी: तापक्रम ४० डिग्रि सेल्सियस पुग्ने चेतावनी

इटलीको मुख्य कृषि युनियन ‘कोल्डिरेट्टी’ले यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको छ। गत जुलाईमा यहाँ इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो।

इटलीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ। 

ती शहरहरूमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो। इटालीमा दुई वर्ष यता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

गत जुलाईमा २० वटा शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको थियो। बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, रोम र टुरिनमा अत्यधिक गर्मी हुने बताइएको छ। साथै सोमबारसम्म एक दर्जन बढी शहरलाई रेड अलर्टमा राखिएको थियो।

मध्य र दक्षिणी भागका शहरको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। जुन महिना यता यो तेस्रो पटक यति धेरै तापक्रम बढेको हो। इटलीको मुख्य कृषि युनियन कोल्डिरेट्टीले यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको छ।

गत जुलाईमा इटलीमा इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो।