विभिन्न अनियमितता प्रकरणमा भएका अनुसन्धानको प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र अनुसन्धान रोक्ने काम नगर्न पनि उनले आग्रह गरे।
काठमाडाैँ– नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारेमा चिन्ता व्यक्त गरेका हुन्। सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेसँगै उनले त्याे समितिमाथि प्रश्न उठाए। उनले शीर्ष नेताहरुको बैठक बस्दा अनुसन्धान शुरू भएका प्रकरण ओझेलमा पर्ने पाे हुन् की भन्ने चिन्ता नागरिकमा छाएको बताए।
“प्रतिवेदनदेखि प्रतिवेदनसम्म पुग्नेगरी यो जुन प्रकारको उच्चस्तरीय समिति बनाउने कुरा भएको छ, यसको स्वागत छ। तर, प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र अनुसन्धान रोक्ने काम नहोस्,” उनले भने, “हाम्रा सम्बन्धित निकायहरूले अघि बढाएका जुन काम हामीले प्रतिवेदन बनिसकेपछि सीबीआई, अख्तियार अनुसन्धान आयोग, राजश्व अनुसन्धान केन्द्रलाई जिम्मा दिएका छौँ। ती निकायहरुको मनोबल नगिराऔँ । ती निकायहरुलाई अझ बढी सशक्त बनाएर आवश्यक परे यो संसदले कानूनसमेत बनाएर देशमा सुशासनको प्रत्याभूति दिनुपर्छ।”
यस्तै उनले छानबिनको अर्को अध्ययनको नाममा भइराखेको अनुसन्धान कतै बीचमै हराउने पाे हो कि भन्ने चिन्ता व्यक्त गर्दै भने, “गाडी सीप भएको मान्छेले मात्रै चलाउनसक्छ । बीचमै हाइज्याक गरेर सीप नभएकोले गाडी चलायो भने दुर्घटना हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
