छानबिन समितिको गठन गर्ने निर्णयको विषयमा पनि असन्तुष्टि व्यक्त गर्दै भने,–'ठिक छ, समिति बन्ला तर विगतमा गरेका समितिहरूले के गरे ?'
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्वप्रधानमन्त्रीहरूलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाएका छन्।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारको सुशासन आफ्ना पार्टीका मानिसहरु नपरुन्जेल मात्रै सीमित रहेको बताए। आफ्ना मान्छेहरू पर्न थालेपछि सुनपानी छर्केर चोख्याउने काम भएको भन्दै भुटानी शरणार्थीदेखि सुन प्रकरणमा पनि सत्तारुढ दलका नेताहरुको नाम आउनेबित्तिकै सरकार सुस्ताएको बताए। यस्तै, उनले सरकारको सुशासन आफ्नो ढोकासम्म आउनेमा मात्रै सीमित रहेको टिप्पणी गरे।
उनले भने,– "शंकको सुविधा दिइरहँदा सरकारले भनिरहेको सुशासन कहाँसम्मको सुशासन हो ? आफ्नो ढोकासम्म त्यो आरोप नआइपुग्दासम्मको सुशासनको कुरा हो की साँच्चिकै सुशासनको कुरा हो ?"
उनले छानबिन समितिको गठन गर्ने निर्णयको विषयमा पनि असन्तुष्टि व्यक्त गर्दै भने,– "ठिक छ, समिति बन्ला तर विगतमा गरेका समितिहरूले के गरे ? यो स्पष्ट छ ?"
यस्तै, सभापति लामिछानेले फरेन्सिक ल्याबबाट सुन प्रकरणमा पक्राउ परेका दावा लामाको फोन रेकर्ड संसदीय समिति र संसदले हेर्न पाउनुपर्ने माग पनि गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
