काठमाडाैँमा हुने एशियाली शारीरिक सुगठन प्रतियाेगितामा २५ राष्ट्रको सहभागिता रहने

नेपालमा पहिलोपटक हुन लागेकाे एशियालीस्तरको याे प्रतियोगिता सात दिनसम्म चल्नेछ।

तस्वीर साैजन्य : एनबीबीएफएफ

काठमाडौँ– नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासङ्घ (एनबीबीएफएफ)को आयोजनामा काठमाडाैँमा ५५औँ एशियाली शारीरिक सुगठन तथा 'फिजिक्स स्पोर्टस्' प्रतियोगिता हुने भएको छ।

यही भदौ १५ देखि २१ गतेसम्म हुने उक्त प्रतियोगितामा एशिया महादेशका २५ राष्ट्रले भाग लिने महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले बताए। नेपालमा पहिलोपटक एशियालीस्तरको उक्त प्रतियोगिता हुन लागेको हो। दरबारमार्गस्थित याक एण्ड यती होटलमा हुने उक्त प्रतियोगितामा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्सतर्फ एक गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ। 

सात दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।