मुलुकको वैदेशिक व्यापारमा मुख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमासमेत प्रमुख आयात हुने वस्तुमा परेको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार २.२८ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार रुपैयाँ कायम भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकअनुसार गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १.५६ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात भएको थियो। तथ्यांकअनुसार साउनमा वैदेशिक व्यापारमा आयातको अनुपात ९०.५२ प्रतिशत रहेको छ।
त्यस्तै सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा निर्यात ८.६५ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको सुरुको महिनामा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपैयाँको निर्यात भएको छ। विभागका अनुसार यो अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको अनुपात ९.४८ प्रतिशत रहेको छ।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा ०.६६ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ थियो।
आयातमा सबैभन्दा बढी डिजेल
मुलुकको वैदेशिक व्यापारमा मुख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमासमेत प्रमुख आयात हुने वस्तुमा परेको छ। विभागको तथ्यांककाअनुसार एक महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार बराबरको डिजेल आयात भएको छ। यो आयातमध्यकै बढी हो। त्यस्तै यस अवधिमा पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँको पेट्रोल आयात भएको तथ्यांकमा उल्लेख छ।
निर्यातमा सबैभन्दा बढी अलैँची
नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक महिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ। विभागका अनुसार नेपालबाट ९६ करोड ४६ लाख छ हजार रुपैयाँको अलैँची निर्यात भएको छ। त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा ९५ करोड ६६ लाख ३९ हजार रुपैयाँ बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
