देशभर चट्याङसहित वर्षाको सम्भावना

बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ।

साथै, हाल भारतको  उत्तर प्रदेशको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जसका कारण बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो सामान्यदेखि पूर्ण बदली रहेर सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। 

राति सबै पनि प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।