स्याङ्जाको वालिङ–२ ‘छाप्राक’ गाउँ पहिरोको जोखिममा छ। उच्च जोखिममा रहेका १७ परिवारले आफूहरूलाई स्थानान्तरण गरिदिन माग गर्दै वडा कार्यालयमा निवेदनसमेत दिएका छन्।
वालिङ– दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो, स्याङ्जाको वालिङ–२ ‘छाप्राक’। गाउँमाथि राते पहरो छ। यही पहराका कारण छाप्राक जोखिममा छ। गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ? पानी पर्दा होस् या पानी परेपछि चर्को घाम लाग्दा। उही राते पहराले निदाउन दिँदैन।
छाप्राकको बस्तीमा केही दिन अघि मात्रै पहराबाट दुई ठूला ढुंगा फुटेर आए। त्यसपछि गाउँले थप त्रसित रहेको स्थानीय श्यामबहादुर सार्कीले बताए।
“फुटेर आएको ढुंगा घरको नजिकै आएको छ,” उनले भने, “घरभन्दा माथि बाँसघारी भएकाले ढुंगाको वेग कम भए पनि बाँसको जरालाई नै पल्टाएर ढुंगा घरैनेर आएको छ।” उक्त पहिरोबाट १७ घर उच्च जोखिममा रहेको सार्कीको भनाइ छ।
“घरमा बस्दै गर्दा कतिखेर के हुने हो भन्ने कुराले पिरोलिरहन्छ,” उनले भने, “अन्त कहाँ गएर बस्नु? संख्या सानो भएको भए विद्यालयमा पनि अटिन्थ्यो होला गाउँ नै उठ्दा त्यो पनि सम्भव छैन।”
वालिङ–२ का वडाध्यक्ष पोतप्रसाद लम्साल गाउँमाथिबाट खसेका दुई ठूला ढुंगा घर नजिकैको बारीमा रोकिएका कारण जनधनको क्षति हुन नपाएको बताउँछन्। दलित समुदायको बाक्लो बसोबास रहेको छाप्राकमा २०४ छन्। हालसम्म १७ घर पहिरोको उच्च जोखिममा छन्। अहिलेको अवस्था बढ्दै गए गाउँ नै जोखिममा पर्ने वडाध्यक्ष लम्सालले बताए।
“यहाँका स्थानीय त त्रसित अवस्थामा हुनुहुन्छ, उहाँहरूले वडासँग बस्ती स्थानान्तरण गर्न मागसमेत गर्दै आउनुभएको छ,” उनले भने।
केहीदिन अघि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको थियो। लगातार पानी परेर चर्को घाम लाग्दा ढुंगा फुट्ने र चर्कने भई खस्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने प्रजिअ घिमिरेले बताए।
“तत्कालै बस्ती सार्न सकिँदैन,” उनले भने, “दीर्घकालीन रूपमा यसको समाधानका लागि भौगर्भिक अध्ययन गरी चट्टानको अवस्था, जोखिमको अवस्थाका बारेमा बुझेर के गर्दा उपयुक्त हुन्छ, सोहीअनुसार अगाडि बढ्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
