बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ। उनीहरू पशुपतिनाथको दर्शन गरेर घर फर्किँदै थिए।
काठमाडौँ– बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ३००१ख ७९९४ नम्बरको बस बिहीबार बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए। बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए।
बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ। उनीहरू पशुपतिनाथको दर्शन गरेर घर फर्किँदै थिए। तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
