२०४० सालमा ८६५ रोपनीमा स्थापित उक्त शिक्षालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ।
धनकुटा– धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बनेको छ।
२०४० सालमा ८६५ रोपनीमा स्थापित उक्त शिक्षालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ। यो शिक्षालय कुनै बेला पर्यटकीय क्षेत्रका रूपमा समेत चिनिन्थ्यो। तर, अहिले यहाँ निर्मित ४७ भवन जीर्ण अवस्थामा छन्। वरिपरिका रमणीय चिया बगान, माछा पोखरीलगायत स्थल अव्यवस्थित छन्।
बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको शिक्षालयका प्राचार्य शंकर कोइरालाले जानकारी दिए। मर्मत सम्भारका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको उनको भनाइ छ। “भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ,” कोइरालाले भने, “प्रयोगशाला जीर्ण हुँदा प्रयोगात्मक परीक्षा नै रोकिने गरेको छ।”
हाल अन्य शीर्षकमा आएको रकमबाट मिलाएर टालटुल गरी शिक्षालय सञ्चालन भइरहेको छ। शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब चार करोड रुपैयाँ खर्च लाग्ने उनले बताए।
वार्षिक १६० जना भर्ना लिइने यस शिक्षालयमा हाल ३२० विद्यार्थी अध्ययनरत छन्। सीटीईभीटीबाट सम्बन्धन प्राप्त देशभरिका ६५ आंगिक शिक्षालयमा कोशी प्रदेशअन्तर्गत सात वटा रहेका छन्। त्यसमध्ये यो एक हो।
पछिल्लो समय स्थानीय तहमा नै प्राविधिक शिक्षा पढाई हुन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको संख्यामा कमी आएकाले बचाउनसमेत चुनौती थपिएको प्राचार्य कोइरालाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
