अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिए पनि उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय भइसकेको छैन।
काठमाडौँ– अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार सार्वजनिक रूपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालय तानिएको हो।
महानिर्देशक अधिकारीमाथि सुन तस्करी संलग्न रहेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रूपमा प्रश्न उठेको थियो । साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन बरामद प्रकरणमा छिरिङलगायतलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ।
अधिकारी र दावा दुवैबीच चिनियाँ सामाजिक सञ्जाल वी–च्याटमा संवाद भएको सार्वजनिक भएको थियो। उनी २०७९ फागुन १६ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए।
अधिकारी मन्त्रालयमा तानिए पनि उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय भइनसकेको उनले बताए। “सार्वजनिक रूपमा प्रश्न उठेपछि उहाँलाई मन्त्रालय तानिएको छ। उहाँको ठाउँमा अर्को व्यक्तिलाई पठाइसकिएको छैन। यसबारेमा बुझ्ने काम भइरहेको छ,” गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव गौतमले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
