सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा पेश गर्न आग्रह गरेका छन्।
काठमाठौँ– प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराएका हुन्। उनले यस पटकको प्रश्नोत्तरमा समूह दुईमा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए। उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि आग्रह गरे।
“प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम यही २०८० भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको ब्यहोरा जानकारी गराउँछु। साथै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह २ मा रहेका माननीय सदस्यहरूले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० भदौ ८ गते शुक्रवार दिनको ३ बजेभित्र प्रतिनिधिसभाको सचिवसमक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नुहुने ब्यहोरा जानकारी गराउन चाहन्छु,” उनले भने।
त्यसैगरी सभामुखले समिति सभापतिहरूको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते मंगलबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
