कैलालीको टिकापुर, चिसापानीलगायत आसपासका स्थानमा पनि भारी वर्षा भइरहेको छ। ती स्थानमा शुक्रबार दिउँसोसम्म नै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– भारी वर्षाका कारण महाकाली नदीको जलसतहले खतराको तह पार गरेको छ।
डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह (५.८ मि) पार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उक्त स्थानमा नदीको सामान्य जलसतह ५.८ मिटर हो।
नदीमा जलसतह बढेपछि कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। वर्षा नरोकिएकाले सो क्षेत्रमा शुक्रबार दिउँसोसम्म नै सतर्कता अनुरोध गरिएको छ।
यता, कैलालीको टिकापुर, चिसापानीलगायत आसपासका स्थानमा भारी वर्षा भइरहेको छ। ती स्थानमा शुक्रबार दिउँसोसम्म नै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, बाँकेको खजुरा, नेपालगन्ज र आसपासका क्षेत्रमासमेत भारी वर्षा भइरहेको छ।
बाँके, बर्दिया र कैलाली भई बग्ने खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन प्राधिकरणको अनुरोध छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
