भुसुनेको जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट काठमाडौँ तथा तराईका लागि छुटेका सवारी मिलनचोक रमाइलोडाँडा क्षेत्रमा रोकिएका छन्।

ओखलढुंगा– ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ।

बिहीबारदेखिको भारी वर्षापछि शुक्रबार बिहान खसेको पहिरोले मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जंगलमा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिए। 

सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट राजधानी काठमाडौँ तथा तराईका लागि छुटेका सवारी मिलनचोक रमाइलोडाँडा क्षेत्रमा रोकिएका छन्। 

निरन्तरको वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिरोको जोखिम बढेको छ। अधिकांश सडक अवरुद्ध छन्।