एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा र भर्त्सनामा उत्रिनेहरू आएको टिप्पणी गरेका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा शुरू भएको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भर्त्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरेका हुन्। उनले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा र भर्त्सनामा उत्रिनेहरू आएको उल्लेख गरे।
“राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय शुरू भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भर्त्सनाको, गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो। अहिले त ओलीजीभन्दा १० हातअघि गएर निन्दा, भर्त्सनामा अरू नै आइपुगे,” उनले भने।
उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको पनि आरोप लगाए। उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भावना टुटेको उल्लेख गरे। “ओलीको प्रवृत्तिको कारणले नेपाली राजनीतिमा, नेपाली बाम आन्दोलनमा पसेको ओली प्रवृत्तिका कारणले सम्भावना टुटेको छ,” उनले भने, “ओलीजीका कारणले नेकपा एमाले झनै संकटग्रस्त बन्दैछ। संकटग्रस्तलाई पार्टीभित्र बस्न अझ बढी ओलीको भक्ति चाहिन्छ।”
राजनीतिमा अहिले घृणित संस्कृति हाबी भइरहेको उनको भनाइ छ। उनले गठबन्धनमा कांग्रेससँगै आफूहरू रहे पनि कांग्रेस आफूहरूको सिद्धान्त नभएको र गठबन्धन आफूहरूको भाग्य भविष्य नभएको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
