जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ– आईसीसी वुमन्स टी–२० एशिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियासँग ६ विकेटले पराजित भएको छ।
मलेसियाको बायोमास स्पोर्टस् एन्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो। नेपालको ब्याटिङबीचमा वर्षाका कारण खेल रोकिएपपछि खेल १८ ओभरमा घटाइएको थियो।
नेपालका लागि कप्तान रूबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन्। उनले २ चौका र १ छक्का प्रहार प्रहार गरिन्। ओपनिङमा आएकी काजल श्रेष्ठले २१ बलमा १ चौकासहित १८ रन बनाइन्।
त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन्। ईन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रूबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन्।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो। तर मलेसियासँग भने नेपाल पराजित भयो। यो चारदेशीय शृंखलापछि नेपालले मलेसियामा नै आईसीसी वुमन्स टी–२० एशिया क्षेत्र छनोट खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
